पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मानहुँकोटमा घुम्न गएका एक युवकको मृत्यु

तनहुँ । तनहुँको व्यास नगरपालिका –५ मानहुँकोटमा एक जना युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको शुक्लागण्डकी–७ स्याउलीबजारका ३५ वर्षीय सागर थापा रहेको जिल्ला प्रहरी कार्याले तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिनुभयो ।

अन्य साथीहरुसँगै मंगलबार क्यामफायर गर्ने गरी घुम्न गएका थापाको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज बुधबार बिहान अन्य साथीहरु घुम्न गएका थिए भने थापा सुत्न गएका थिए । सुत्न गएका थापा ११ बजेसम्म पनि नउठेपछि उठाउँन जाँदा मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको तनहुँका प्रहरी प्रमुख अरुण पौडेलले बताउनुभयो ।

आजै बिहान मात्रै कास्कीको गगनगौडाबाट आन्तरिक पर्यटकहरु लिएर ग १ ख २९४२ नम्बरको माइक्रोबस दुर्घटना हुँदा २८ बर्षिय सुनिता गुरुङको मृत्यु भएको थियो भने अन्य ८ जना घाइते भएका थिए ।