पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सुमो दुर्घटना हुदा एक महिलाको घटनास्थलमै मृत्यु 

radionepal

रञ्जन यादब, बारा । बारामा सुमो दुर्घटना हुुँदा  एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । पिलुवा कलैया सडकखण्डको बेलवाडी श्रीपुरमा आज सुमो दुर्घटनामा परी एक महिलाको घटनास्थलमै मृत्यु हुनुका साथै अन्य केही गम्भीर घाईते भएका छन् ।

मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका १७ जैतापुरकी ४० बर्षीया सुखी धामी भएको प्रहरीले जनाएको छ । जैतापुरबाट कलैया जाँदै गरेको ना १ ज २८७९ सुमो कलैया उपमहानगरपालिका २४ को वेलवाडीमा सडक नजिकैको विद्युतिय पोलमा ठोक्किएर दुर्घटना भएको हो । 

चालक रामभजनको अवस्था नाजुक देखिएपछी थप उपचारका लागि काठमाडौँ पठाईएको प्रहरीले जनाएको छ । रामभजनले १५ दिन पहिलामात्रै सुमो खरिद गरेका थिए । घटना स्थलमा मृत्यु हुने धामी उनकै दिदी हुन् । आफैले किनेको सुमोमा आफन्त सहित टोलछिमेकका महिलाहरुका लागि छठको सामान खरिद गर्न कलैया जाँदै गर्दा सुमो दुर्घटना भएको हो । 

तिब्रगतीका कारण घुमाउरोमा अनियन्त्रीत भई सुमो पोलमा ठोकिएको प्रहरीको भनाई छ ।दुर्घटनामा सुमोका चालक रामभजन धामी ,सावित्री चौधरी, सरस्वती धामी लगायत गम्भीर घाईत भएका छन् । अन्यको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । उनीहरुको विरगजंस्थित गंडक अस्पतालमा उपचार भैरहेको छ ।