पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मिथिलाञ्चलमा धुमधामका साथ भ्रातृ द्वितीया पर्व मनाईदै

radionepal

अजय कुमार झा, जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रमा आज भाईबहिनीको प्रेम प्रतिकको रुपमा रहेको भ्रातृ द्वितीया अर्थात भरदुतिया पर्व धुमधाम तथा हर्षोल्लासका साथ मनाईदैछ ।

यस पर्वमा दिदीबहिनीहरुले दाजू भाइलाई निमन्त्रणा दिइ आफ्नो घर बोलाएर विषेश मन्त्रसहित पूजा गर्ने चलन रहेको छ ।

दिदीबहिनीले दाजुभाइलाई चामलको पिठोले अष्टदल सहितको अरिपन बनाएर काठको पिढामा राखेर चावलको लेदो तथा रातो टिका हातमा लगाई पान, सुपारी, मखान, मटर, द्रव्य राखेर मैथिली भाषामा मन्त्र उच्चारण गरी ३ पटक पूजा गर्ने चलन रहेको छ ।

खास गरेर हातको पूजा गर्दा उच्चार गरिने मन्त्रमा दिदीबहिनीले दाजुभाईको दीर्घायुको कामना गर्दछन् । पूँजा सकिएपछि दाजुभाइलाई मिठाई लगायत परिकार खुवाउने चलन छ । दाजूभाईले पनि आफ्नो गच्छ अनुसारको उपहार तथा दान दिने चलन रहेको छ ।

आफ्नो दिदीबहिनी नहुनेले छिमेकी तथा नातामा पर्ने दिदीबहिनीबाट पनि भाई टिका लगाउने चलन रहेको छ । पहाडी तथा हिमाली क्षेत्रमा मनाईने भाईटिका र तराई मधेशमा मनाईने भ्रातृ द्वितीया समान भएपनि ठाउँ अनुसार फरक तरिकाले मनाउने चलन रहेको छ ।

खास गरेर आजको दिन दिदी यमुनाले यमराजलाई टिका लगाएर आजको दिन दिदीबहिनीले दाजू भाईलाई पूजा गरेर टिका लगाएमा अनिकालमा जान नजाने वरदान लिएको धार्मिक मान्यता रहेको छ ।