पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

तुइन विस्थापन गर्दै प्रदेश सरकार

मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुँयालले प्रदेशका विभिन्न जिल्लामा बाँकी रहेका पुराना तुइन विस्थापन गरी यसै आर्थिक वर्षभित्र झोलुङ्गे पुल निर्माण गरिने बताउनुभएको छ ।    

मन्त्रालयले प्राविधिक टोली जिल्ला–जिल्लामा खटाइसकेको र प्रतिवेदन आउन बाँकी रहेको मन्त्री फुँयालले बताउनुभयो । 

उहाँले काठमाडौँ उपत्यका बाहेक १० जिल्लाका १६ गाउँपालिकामा रहेका खरको छानालाई पनि मुक्त गरी जस्तापाताको छानो निर्माणको दृढता व्यक्त गर्नुभयो । 
रासस