पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अवैध काठ बरामद

radionepal

हरिश्चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको बेलौरीबाट प्रहरीले अबैध काठ बरामद गरेको छ । 

अबैध काठ लुकाई छिपाई राखेको गोप्य सूचनाको आधारमा शनिबार बेलौरी नगरपालिका वडा नम्बर ९ बाट प्रहरी टोलीले ११ फिट लम्बाई र ५.५ फिट गोलाई भएको ४२.१८ क्युफिट अबैध सालको काठ बरामद गरेको हो । 

कानुन बमोजिम बरामद गरिएको काठ आवश्यक कारवाहीको लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज रेञ्जर पोष्ट बेलडाँडीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताउनु भयो ।