पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाली काँग्रेस जेष्ठ राजनीतिज्ञ सभाका सदस्य धितालको निधन

radionepal

रामप्रसाद आचार्य, रुपन्देही । नेपाली काँग्रेस जेष्ठ राजनीतिज्ञ सभाका सदस्य एवम् पूर्व जिल्ला विकास समिति रुपन्देहीका सभापति विजयप्रसाद धितालको निधन भएको छ । 

नेता धितालको ७९ वर्षको उमेरमा उपचारका क्रममा गएराती काठमाडौंमा निधन भएको हो । उहाँको निधनप्रति नेपाली कांग्रेस रुपन्देहीले दुःख व्यक्त गरेको छ । 

पार्टी सभापति अब्दुल रज्जाकले शोक विज्ञप्ती जारी गर्दै रुपन्देहीको तिलोत्तमा ६ निवासी नेता धितालले लोकतान्त्रिक आन्दोलन, पार्टी संगठन र समाजसेवामा पुर्याउनुभएको योगदानको सदैव कदर गर्ने उल्लेख गर्नुभएको छ । 

नेता धितालको योगदानको उच्च कदर गर्दै तिन दिनसम्म पार्टी कार्यालय बन्द गर्ने, पार्टीको झण्डा आधा झुकाउने र तीन दिनसम्म पार्टीका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने जानकारी पनि कांग्रेस रुपन्देहीले जानकारी दिएको छ । 

स्वर्गीय धितालका एक छोरा, एक छोरी र एक श्रीमती हुनुहुन्छ ।