पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

तुलसीपुर उपमहानगरले भन्योः मापदण्ड पुरा गरेर मात्रै विद्यार्थी पढाउ

ओपेन्द्र बस्नेत, तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सिकाई केन्द्र मार्फत विद्यार्थी सिकाई सहजीकरणका क्रियाकलापलाई निरन्तरता दिन आग्रह गरेको छ । 

विद्यालय सञ्चालनको पूर्व सन्ध्यामा तुलसीपुर उपमहागनरपालिकाले एक प्रेस विज्ञप्ती जारी गरेर संस्थागत तथा सामुदायिक विद्यालयहरुले बनाएको सिकाई सहजीकरण कार्य योजना अनुरुप सिकाईलाई निरन्तरता दिन आग्रह गरेको हो । दशै अघि विदा भएका विद्यालयहरु भोलीदेखि खुल्दैछन् । 

उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतमद्धारा जारी विज्ञप्तीमा सिकाईका क्रममा सवारी साधन सञ्चालनमा ल्याएको बुझिएकाले त्यस्तो कार्य नगर्न समेत अनुरोध गरेको छ । कोभिड –१९ लाई मध्यनजर गर्दै विद्यालयले सिकाई सहजीकरण कार्य योजना बनाएका छन् । 

सिकाई कार्ययोजनामा स्वास्थ्यको सबै मापदण्ड पुरा गर्नुपर्ने, सेनीटाइजर राख्नुपर्ने, विद्यार्थीलाई सवारी साधनमा ओसार पसार गर्न नपाईने, एउटा कक्षामा २० जनाभन्दा बढी विद्यार्थी राख्न नपाईने, धेरै विद्यार्थी भएको क्षेत्रमा गएर शिक्षकले खुल्ला पढाउनुपर्ने व्यवस्था छ ।