पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विराटनगरमा एकसय आइसोलेसन वेड सञ्चालन हुने

radionepal

कुमोद अधिकारी, विराटनगर । प्रदेश न १ सरकारले  विराटनगर महानगरपालिका तथा निजिक्षेत्रको सहयोगमा थप एकसय आइसोलेशन वेड सञ्चालनमा ल्याउने तयारी शुरु गरेको छ ।

विराटनगरस्थित कोभिड अस्पतालमा अक्सिजन सहितको आइसोलेसनवेड सञ्चालनमा ल्याउन लागिएको हो । त्यसका लागी प्रदेश सरकारले एक करोड रकम विनियिोजित गरेको र तिहार अगावै वेड सञ्चालनमा ल्याइने  प्रदेश १ का समाजिक विकासमन्त्री जिवन घिमिरेले वताउनुभयो । 

कोभिड अस्पताल पछाडीको नेशनल ट्रेड्रिङको गोदामघरलाई व्यवस्थित गर्दै   सञ्चालनमा ल्याउन लागेको आइसोलेसन केन्द्रको सामाजिक विकासमन्त्री जिवन घिमिरे, विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुली तथा केन्द्र निमार्णको जिम्मा लिएका उद्योगी व्यापारीहरुले संयुक्त रुपमा आज अनुगमन गरेका छन् । 

त्यहाँ रहेका दुई व्लकमध्ये पहिलो चरणमा दुई हप्ता भित्रै एसी सहितको एकसय आइसोलेसन वेड सञ्चालन आउने छन् । त्यसपछि सोहि ठाउको अर्को व्लकमा  भ्यान्टिलेटर तथा आइसियु सहितको थप एकसय आइसोलेसन वेड सञ्चालनमा आउने छन् । 

त्यसका लागी विराटनगर महानगरपालिकाले २५ लाख रुपैया सहयोग गरेको र आवश्यक परे थप सहयोग गर्न तयार रहेको महानगरपालिकाका प्रमुख भिम पराजुलीले वताउनुभयो ।