पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

थप दुई हजार पाँच सय आठ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि

radionepal

दुई हजार दुई सय ६४ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज
सम्झना गौतम
काठमाडौं ।
देशभर आज थप दुई हजार पाँच सय आठ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार नौ हजार दुई सय ७९ वटाको पिसिआर परीक्षण गर्दा नौ सय ७६ महिला र एक हजार पाँच सय ३२ जना गरी आज थप दुई हजार पाँच सय आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख ७० हजार सात सय ४३ पुगेको छ ।

त्यस्तै देशभर आज दुई हजार दुई सय ६४ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुुल सङ्ख्या एक लाख ३१ हजार दुई सय २२ जना रहेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी काठमाडौँ उपत्यकामा पाँच सय ६९ जना महिला र सात सय ८८ जना पुरुष गरी थप एक हजार तीन सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप १७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या नौ सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।