पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रेडियो नेपालका पूर्व प्राविधिक उपनिर्देशक मधुसुदन थापाको निधन

काठमाडौँ । रेडियो नेपालका पूर्व प्राविधिक उपनिर्देशक मधुसुदन थापाको आज ६८ वर्षको उमेरमा निधन भएको छ । 

करिब ३६ वर्षसम्म रेडियो नेपालमा सेवा गर्नुभएका पूर्व उपनिर्देशक थापाको ललितपुर महानगरपालिका वार्ड नम्बर ४ एकान्तकुनास्थित आफ्नै निवासमा निधन भएको हो । 

स्वर्गीय थापाका श्रीमती र दुई छोरा छन् ।

थापाको निधनमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीसहित रेडियो नेपाल परिवार हार्दिक श्रद्धाञ्जली एवं शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछ ।