पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

थप ४ हजार ९६ जना कोरोना संक्रमणमुक्त

radionepal

केशव ढुंगाना, काडमाडौं । कोरोना भाइरसबाट आज थप ४ हजार ९६ जना संक्रमण मुक्त भएका छन् । 

यो संगै नेपालमा हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको कूल संख्या १ लाख २८ हजार ९ सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ७६ दशमलव ६५ प्रतिशत रहेको छ ।

यसैगरी कोरोना भाइरसबाट आज थप ३ हजार ५ सय १७ जना संक्रमित भएका छन् । 

यो संगै नेपालमा हाल सम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ ।

संक्रमण पुष्टि भएका मध्ये ३८ हजार ३ सय ५७ जना अझै निको हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।  

यस्तै नेपालमा हाल सम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ । 

आज विभिन्न जिल्लामा गरी थप १६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।