पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कालीगण्डकी लोकमार्ग बिस्तारको काम शुरु

काठमाडौँ । राष्ट्रिय गौरबको सडक आयोजना कालीगण्डकी लोकमार्गको बिस्तारको काम शुरु भएको छ । पर्वत खण्डमा पर्ने ५५ किलोमिटर खण्डमा रोकिएको कामले गति लिएको छ । ठेक्का आव्हान भएर सम्झौता भए पनि निर्माण कम्पनीको ढिला सुस्तीका कारण मन्द गतिमा अघि बढिरहेको कामले  पछिल्लो समय गति लिन थालेको छ । 


लोकमार्ग आयोजना कार्यालयले चालु वर्ष भित्र १२ किलोमिटर ट्रयाक खोल्ने र ७ किलोमिटरमा कालोपत्र गर्ने तथा बाँकी खण्डको स्तरउन्नती गर्ने गरि काम अगाडी बढाएको छ । करिडोर आयोजना कार्यालय पाल्पाका प्रमुख नगेन्द्र सुबेदीले सेतीवेणीदेखि रानीपानीसम्मको खण्ड कालोपत्रे गर्नका लागि ४१ करोड रुपैंया लागतको बोलपत्र आब्हान भई निर्माण कम्पनीले काम शुरु भैसकेको जानकारी दिनुभयो । 

यो सडकले देशको उत्तर चिन र दक्षिण भारतलाई जोड्छ । मुख्य गरी विहादी गाउँपालिकादेखि फलेवास नगरपालिकासम्म जोड्ने ट्रयाक्कमा अहिले स्तरोउन्नतीको काम भइरहेको छ । यो खण्ड पनि कालोपत्र गर्न टेण्डर आव्हान गर्ने तयारी रहेको पर्वतका प्रतिनिधीसभा सदस्य पदम गिरीले बताउनु भयो ।