विश्व बैंकले नौ अर्ब ४४ करोड रुपैया बराबरको ऋण उपलब्ध गराउने
.jpeg)
भुवन प्रसाद आचार्य, काठमाडौँ । ग्रामीण उद्यम तथा आर्थिक विकासका साथै महामारीपछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थानमा सघाउन विश्व बैंकले नौ अर्ब ४४ करोड रुपैया बराबरको ऋण उपलब्ध गराउने भएको छ ।
कोभिड–१९ पछिको नेपालको कृषि क्षेत्रको पुनरुत्थान तथा त्यसमा रोजगारीका अवसर सृजना, ग्रामीण बजारको सम्पर्क सञ्चार विस्तार तथा उद्यमशीलता प्रवद्र्धन गर्न बैंकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।
ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना कार्यान्वयन गर्न बैंकले ऋणस्वरूप उक्त रकम नेपाल सरकारलाई प्रदान गर्ने निर्णय भएको वासिङटन डीसीस्थित बैंकको प्रधानकार्यालयले जनाएको छ ।
नेपाली उत्पादनलाई विश्व बजारमा चिनाउन तथा सार्वजनिक–निजी साझेदारीको भावना प्रवद्र्धन गर्न ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजनामा यो सहायता सहयोगी हुने विश्वास बैंकले गरेको छ । चिया, कफी, फलफूल र औषधिजन्य वस्तुको उत्पदानले कोभिड–१९ पछिको पुनरुत्थानमा भरथेग गर्ने अपेक्षा बैंकले गरेको छ ।