पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

थप एक सङ्क्रमितको मृत्यु

radionepal

जगत साउद, धनगढी । कैलालीमा आज थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचारत धनगढी उपमहानगरपालिका २ की ५७ बर्षिया महिलाको मृत्यु भएको अस्पतालद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । 

निमोनिया देखिएपछि आईसियुमा उपचार भईरहेकी ती महिलामा बुधवार कोरोना संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ । योसगै कैलालीमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

यसैबिच कैलालीमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएकोछ । सेती प्रादेशिक अस्पतालको कोभिड–१९ प्रयोशलामा गरिएकोे परीक्षणमा धनगढी उपमहानगरपालिका क्षेत्रका ७ जना र गोदावरी नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।