पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उपत्यकामा थप १६१५ सहित देशभर २३६४ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३०३८ जना सङ्क्रमणमुक्त

radionepal

सम्झना गौतम र रामचन्द्र बस्नेत, काठमाडौँ । उपत्यकामा आज थप एक हजार ६१५ जनासहित देशभर दुई हजार ३६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकामा ७०४ महिला र ९११ जना पुरुष गरी एक हजार ६१५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

त्यसै गरी आज देशभर ९८४ जना महिला र एक हजार ३८० जना पुरुष गरी दुई हजार ३६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख ६४ हजार ७१८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज देशभर तीन हजार ३८ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या एक लाख २४ हजार ८६२ जना पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ यो सँगै मृत्यु हुनेको सङ्ख्या ९०४ पुगेको मन्त्रालयले जनाएको छ ।