पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डेढ लाख मूल्य बराबरका अवैध पटाका बरामद

कृष्ण साउद
कञ्चनपुर ।
कञ्चनपुर प्रहरीले डेढ लाख मूल्य बराबरका अवैध पटाका बरामद गरेको छ ।

तिहारलाई लक्षित गर्दै महेन्द्रनगरबाट दार्चुला पठाउँदै गरेको अवस्थामा झण्डै डेढ लाख मूल्य पर्ने छ बोरा पटाका बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताउनु भएको छ ।

महेन्द्रनगरको गल्ली नम्बर ५ स्थित चौलानी पुस्तक पसल सञ्चालन गर्दै आएका दार्चुलाको शैल्यशिखर नगरपालिका–१ का दिनेश खडायतले सुपप्र ०२–००१ ख ९४३ नम्बरको बसमा लोड गर्दै गरेको अवस्थामा पटाका बरामद गरिएको प्रहरी नायव उपरीक्षक थापाले बताउनु भएको छ । खडायत फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी कञ्चनपुरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले एक लाख ६० हजार ५५ का चिनी, केराउ, युरिया मल, प्याज, बिडी र कपडा बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक विरेन्द्र बहादुर ऐरले जानकारी दिनु भएको छ ।

शुक्लाफाँटा नगरपालिका १२ चानदेउ, बेलौरी नगरपालिका–१० सडकघाट, वडा नम्बर १ फटिया र वडा नम्ब ६ नयाँ गाउँ क्षेत्रबाट सो अवैध सामान बरामद गरेको हो ।

सामान गड्डाचौकी भन्सार कार्यालयललाई बुझाइएको छ ।