कोरोना भाइरसको परीक्षण र उपचार निरन्तर निःशुल्कः मुख्यमन्त्री भट्ट
डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा कोरोना भाइरसको निःशुल्क परीक्षण र उपचार निरन्तर हुने बताउनुभएको छ ।
डोटीको केआइसिंह गाउँपालिका–६ फलेडीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले कोरोना भाइरस विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
कोरोना रोगबाट बच्न सम्पूर्ण नागरिकले घरैमा सुरक्षित बस्नुपर्ने तथा बिनाकाम घर बाहिर ननिस्किन समेत उहाँले आग्रह गर्नुयो ।
आजै जिल्लाका सुरक्षा प्रमुखहरुसंग भएको भेटमा मुख्यमन्त्री भट्टले कोरोना नियन्त्रण तथा रोकथामका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य तथा जिल्लाको शान्ति सुरक्षामा कमी हुन नदिन निर्देशन दिनुभयो ।