पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

धौवादी फलाम कारखाना सञ्चालन गर्न प्रकृया शुरु

भुवनप्रसाद आचार्य, काठमाडौं । सरकारले नवलपरासीमा रहेको धौवादी फलाम कारखानालाई छिटो भन्दा छिटो सञ्चालन गर्ने गरी आवश्यक प्रकृया अघि बढाएको जनाएको छ ।

कारखानाको सञ्चालनका लागि आवश्यक पर्ने पहूच मार्गको निर्माणको काम तिव्रताका साथ भैरहेको र खानी क्षेत्रमा र कारखाना रहने नवलपरासीको दलदलेमा आवश्यक पर्ने जग्गा अधिग्रहणको लागि काम समेत भैरहेको उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले धैवादिमा रहेको फलाम खानीलाई व्यवसायिक रुपमा सञ्चालन गर्न सकिन्छ कि सकिन्न भन्ने वारेमा त्यहाँको माटो तथा ढुडगाको चिनको छेन्दुमा गरेको वैज्ञानीक परीक्षणबाट धैवादीमा फलामको व्यवसायिक उत्पादान गर्न सकिने प्रष्ट भएको छ ।

त्यसै गरी उद्योग सञ्चालन विद्युतबाट नै गर्ने विषयमा पनि टुङ्गो लागेको र उद्योगका लागि तत्कालका लागि ३० मेघावाट विद्युत प्रयोग गर्न सकिने अवस्था रहेको उद्योग सचिव चन्द घिमिरेले जानकारी दिनु भयो । 

धौवादीबाट निस्कने पिक फलाम नेपालमा सञ्चालनमा रहेका फलाममा आधारित उद्योगहरुले कच्चा पदार्थको रुपमा प्रयोग गर्न सक्नेछन् । हाल सरकारको पूणस्वमित्वमा गठित धौवादि फलाम कम्पनीले फलाम उत्पादनको काम गर्ने र पछि उद्योगमा सरकारको ५५ प्रतिशत र ४५ प्रतिशत जनताको शेयर लगानी रहने व्यवस्था रहेको छ । 

यसमा सरकारले आवश्यकता अनुसारको बजेट दिने निर्णय गरेकोले काम गर्न बजेटको कुनै समस्या नहुने पनि सचिव घिमिरेले बताउनु भयो । सरकारले आर्थिक बर्ष २०८०–८१मा यो उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने लक्ष्य राखेको चए पनि मन्त्रालयले अझ छिटो गरी सञ्चालन गर्ने गरी काम अघि बढाएको जनाएको छ ।