पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

किसानहरुले अब सरकारले तोकेको न्युनतम मूल्यमा धान विक्री गर्न सक्ने

काठमाडौं । किसानहरुले अब सरकारले तोकेको न्युनतम मूल्यमा धान विक्रि गर्न सक्ने भएका छन ।

यो सजिनका लागि सरकारले तोकेको प्रति क्वीन्टल २७ सय ३५ रुपैयामा मोटा धान र मध्यम धान २८ सय ८५ रपैयाँ प्रतिक्विन्टलका दरले किसानहरुले सहकारीहरुलाई धान बिक्रिको प्रवन्ध गरेको छ ।

सहकारीहरुले कृषकलाई धान किनेको १५ दिनभित्रै रकम भुक्तानी दिनु पर्नेछ । मन्त्रिपरिषद् हालैको बैठकले स्वीकृत गरेको ‘न्यूनतम समर्थन मूल्यमा सहकारी मार्फत धान खरिद र व्यवस्था गर्ने निर्देशिका’मा किसानलाई पैसा नतिरेसम्म सहकारीले अनुदान नपाउने व्यवस्था गरिएको छ ।

आफूले किनेको धानको परिमाण र किसानलाई बैंक खातामा पैसा पठाएको विवरण सम्बन्धित कृषि कार्यालयमा बुझाएपछि मात्रै परियोजना कार्यान्वयन इकाईले सहकारीको बैंक खातामा प्रति क्विनटल १ सय १२ रुपैया सहकारीहरुले पाउने छन् ।

निर्देशिका अनुसार गत जेठमा सरकारले तोकेको धानको न्यूनतम् समर्थन मूल्यमा धान किन्ने सहकारीले मात्र सरकारबाट अनुदान पाउने छन् ।

खरिद गरेको धानको भण्डारण, प्रशोधन र बिक्रीको जिम्मा सहकारीकै हुने निर्देशिकामा जनाइएको छ । 

सरकारले तोकेको न्यूनतम् समर्थन मूल्य किसानलाई दिने ग्यारेण्टी गर्न, समर्थन मूल्यको परिपाटी व्यवस्थित गर्न र बजारीकरण सुनिश्चित गर्न निर्देशिका ल्याइएको कृषि मन्त्रालयकान प्रवक्ता डा हरिबहादुर खडकाले बताउनु भयो ।