पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

महोत्तरी बाहेक प्रदेश २ मा सबै जिल्लाका क्वारेन्टाईन खाली

radionepal

अजय कुमार झा, जनकपुरधाम । प्रदेश नंं २ का विभिन्न जिल्लामा रहेका क्वरेन्टाईन खाली भएका छन् ।

कोरोनाका आशंकित विरामीका लागि प्रदेश नंं २ का सरकार तथा विभिन्न पालिकाहरुले निर्माण गरेको क्वारेन्टाईन खाली भएपछि यसको सञ्चालनमा हुने गरेको खर्चमा कमी आएको छ ।

खास गरेर प्रदेश नंं २ को महोत्तरी जिल्लामा रहेका क्वारेन्टईनमा मात्र ११ जना कोरोनाका आशंकित विरामी भएपनि अन्य जिल्लाको क्वारेन्टाईनहरु खाली भएको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत विपिन कुमार यादवले जानकारी दिनु भयो ।

अहिले पनि प्रदेश नंं २ को सप्तरी जिल्लामा ३४, सिरहामा २०, धनुषामा १८, महोत्तरीमा २, सर्लाहीमा ३, रौतहटमा २३, वारामा १६ तथा पर्सा जिल्लामा १९ वटा क्वारेन्टाईनहरु राखेपनि अन्य क्वारेन्टाईन बन्द गरिएको छ । कुनै वेलामा एक जिल्लामा ५२ वटासम्म क्वारेन्टाईन सञ्चालनमा रहेका थिए ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला स्तरीय कोरोना समन्वय समितिको निर्देशनमा प्रत्येक जिल्लाका एक पालिकामा १ वटा क्वारेन्टाईन सञ्चालनमा राख्नका लागि निर्देशन भएपछि बाँकी खाली भएका क्वारेन्टाईन बन्द गरेर निर्मलीकरण गर्ने काम भएको प्रदेशनंं २ का स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिनुभयो ।