पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कञ्चनपुरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द

हरिश्चन्द्र बाग, कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । 

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा कार्यरत एक जना कर्मचारीमा कोभिड १९ को संक्रमण देखिएको र सम्पर्कमा रहेका अन्य कर्मचारीहरुको कोभिड १९ परीक्षणको लागि स्वाब संकलन गरिएकोमा रिपोर्ट प्राप्त भइनसकेकोले बुधबारबाट नियमित सेवा प्रवाह बन्द गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताउनु भयो । 

उहाँका अनुसार, शान्ति सुरक्षा, ठाडो उजुरी र मुद्दा सम्बन्धी अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको हो । साथै, अत्यावश्यक सेवा लिन आउँदा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न समेत कञ्चनपुर प्रशासनले सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।