पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

हुलाकी राजमार्गको निर्माणमा पप्पु कन्स्ट्रक्सनको ढिलासुस्ती 

radionepal

ध्रुव अधिकारी, वीरगञ्ज । तराई मधेसकै लाइफलाइनको रुपमा निर्माण भैईरहेको हुलाकी राजमार्गको निर्माण कार्यमा पप्पु कन्स्ट्रक्सनको ढिलासुस्तीले गर्दा निर्माण कार्य सुस्ताएको छ । 

पर्सामा ६० किलोमीटर हुलाकी राजमार्ग निर्माण गर्नको लागि सरकारले दुइवटा ठेक्कादार कम्पनी मार्फत ३०–३० किलोमीटर सडक निर्माण गर्ने ठेक्का लगाएको छ । 

पहिलो चरणमा बिरगंज को लक्ष्मनवा देखि जिराभवानी गाउँपालिका अन्तर्गत रहेको चमरीहोल सम्मको ठेक्का पप्पु कन्ट्रकसन ले लिएको छ भने जिराभवानी गाउ पालिका को चमरी देखी ठोरी को चौतारा सम्म करिब ३० किलोमीटर को ठेक्का कालिका बानिया जेभी कन्ट्रकसनले लिएको छ । 

जसअनुसार कालिका बानिया जेभी कन्ट्रकसन ले ठेक्का लिएको जिराभवानी गाउँपालिका अन्तर्गत रहेको चमरी होल देखि ठोरी को चौतारा सम्मको बाटो निर्माण कार्य तीब्र गतिमा भई रहेको छ । 

कालिका बानियाँले ठेक्का लिएको ३० किलोमीटर सडक मध्ये २० किलोमीटर पिच  भैसकेको र बाकी दस किलोमीटरको सडकमा माटो सोलिङ , ग्रेबलिङ र फिल्डिङ समेत गरिसकेको र अबको  चार महिना  महिना भित्रमा उक्त बाटो पिच गरिसक्ने ठेकेदार कम्पनिका उद्धब न्यौपानेले बताउनुभयो । 

यता लक्ष्मनवा देखि जिराभवानी सम्मको ठेक्का लिएको पप्पु कन्ट्रकसनले  ३० प्रतिशतमात्रै निर्माण कार्य गरेको छ । भएको बाटो पनि खनेर अलपत्र छाडिएको र सडक निर्माण सुस्त गतिमा भएपछि स्थानिय वासिन्दा आक्रोशित भएका छन ।