पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नदीमा डुबेर कैलालीमा २ बालिकाको मृत्यु

ईश्वर साउद, कैलाली । नदीमा डुबेर कैलालीमा दुई बालिकाको मृत्यु भएको छ । 

घोडाघोडी नगरपालिका वडा नम्बर ५ सरैयाकी ११ वर्षीया अस्मिता ढुंगेल र ८ वर्षीया अर्चना विष्टको कन्द्रा नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिनु भयो । 

गोरु चराउन गएका उनीहरुको नदीमा नुहाउने क्रममा आज दिउसो साँढे १ बजेतिर डुबेर मृत्यु  भएको प्रहरी नायव उपरीक्षक बोहराले बताउनु भयो । उनिहरुको शव पोष्टमार्टमका लागि धनगढी पठाउने तयारी भइरहेको उहाले बताउनु भयो ।