पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मुद्दा दर्ता नहुँदा प्रदर्शन तथा चक्काजाम

radionepal

ध्रुव अधिकारी, वीरगञ्ज । पर्सा प्रहरीले मुकेश चौरसियाको हत्याराविरुद्ध पीडित परिवारले दिएको किटानी जाहेरीसहितको मुद्दा दर्ता नगरेको भन्दै नेकपाका कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालय पर्सा अगाडी एक घण्टा मौनधारण धर्ना तथा चक्काजाम गरेका छन् । 

दिउँसो १२ बजेदेखि १ बजेसम्म जिल्ला प्रहरी कार्यालय पर्साको गेट अगाडी मेन रोडमा चक्काजाम गर्दै मौनधारण धर्ना गरिएको नेकपा पर्साका सचिव विजय महत्तोले बताउनुभयो । 

नेकपा पर्साका जिल्ला सदस्य एवं बिन्दबासीनी गाउकमिटीका सदस्य मुकेश चौरसियालाई गत विहिवार शपथ ग्रहण कार्यक्रममा आक्रमण गरी हत्या गर्ने  विरुद्ध पर्सा प्रहरीले हालसम्म मुद्दा दर्ता नगरेको भन्दै आफूहरु चरणवद्ध आन्दोलनमा उत्रिएको महत्तोले बताउनुभयो । घटना भएको ३ दिन बितिसक्दा पनि मृतकका परिवारले नबुझेकाले शव अहिले पनि नारायणी अस्पतालको शव गृहमा राखिएको छ । 

यता पर्सा प्रहरीले हत्याविरुद्धको घटनामा घटनास्थलमा नभएका व्यक्तिको नाम किटानी जाहेरीमा प्रमुख व्यक्तिको रुपमा ल्याईपछि नामलाई सच्याउन बारम्बार आग्रह गर्दा समेत सच्याउने पहल नभएको जनाएको छ ।