पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

थप ३ हजार ३ सय ३६ जना कोरोना सङ्क्रमण मूक्त

radionepal

केशव ढुंगाना, काठमाडौं । आज थप ३ हजार ३ सय ३६ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । 

यो संगै नेपालमा हाल सम्म कोरोना भाइरस संक्रमण मुक्त हुनेको कूल संख्या १ लाख ११ हजार ६ सय ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ७० दशमलव ६४ प्रतिशत रहेको छ । 

यसैगरी कोरोना भाइरसबाट आज काठमाडौं उपत्यकाका १ हजार ४ सय ४४ जनासहित थप २ हजार ८ सय ५६ जना संक्रमित भएका छन् । 

आज काठमाडौ जिल्लामा मात्रै १ हजार २ सय ७९ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा ८४ र ललितपुरमा ८१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । 

यो संगै नेपालमा हाल १ लाख ५८ हजार ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोे छ भने ४५ हजार ५ सय ७२ जना भाइरसका सक्रिय संक्रमित रहेका छन् । 

यस्तै कोरोना भाइरसबाट आज थप ५ जनाको मृत्यु भएको छ । 

नेपालमा हाल सम्म ८ सय ४७  जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।