पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

स्वास्थ्य सम्बन्धी मापदण्डहरुको पूर्णरुपले पालना गर्न आग्रह

रामप्रसाद आचार्य, रुपन्देही । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादव तथा मुख्यमन्त्री शंकर पोखरेलले चाडवाडको समयमा सरकारद्वारा जारी गरिएका स्वास्थ्य सम्बन्धी मापदण्डहरुको पूर्णरुपले पालना गर्न आग्रह गर्नुभएको छ । 

कोरोना महामारीको संक्रमण जोगाउने दायित्व सबै नागरिकले महशुस गरेर स्वास्थ्य सुरक्षा मापदण्डलाई प्राथमिकताका साथ अवलम्वन गरेर मात्र चाडवाड मनाउने क्रियाकलापहरुमा संलग्न हुन उहाँहरुले अनुरोध गर्नुभएको हो ।

विजयादशमीको अवसरमा प्रदेश प्रमुख धर्मनाथ यादव तथा मुख्यमन्त्री शंकर पोखरेलले जारी गर्नुभएको शुभकामना सन्देशमा यस्तो उल्लेख गर्नुभएको छ । 

महामारीबाट आम जनसमुदायमा स्वास्थ्य र जीवनको रक्षा गर्ने चुनौती थपिएको, नागरिकको आर्थिक र सामाजिक जनजीवनमा नै प्रतिकुल प्रभाव पर्न गएकाले थप संक्रमण रोक्न सबैको सहकार्य आवश्यक रहने उहाँँहरुले बताउनुभएको छ ।

चाडपर्वको सांस्कृतिक महत्व जोगाउनका लागि सबैले सुरक्षित भएर घरघरमा बसेर पर्व मनाउन शुभकामना सन्देशमा आग्रह गरिएको छ ।