पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बाँकेमा थप ३७ जना डिष्चार्ज

नवीन गिरी, नेपालगन्ज। बाँकेमा आज थप ३७ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा २० पुरुष र १७ महिला छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार ३ सय १५ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । 

जिल्लामा कोरोना निको हुने दर ७९.८० रहेको छ । आइसोलेसनमा ५ सय ५७ जना छन् । बाँकेमा हालसम्म २ हजार ९ सय १ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म २९ जनाको मृत्युु भएको छ ।