पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेप्सेमा निरन्तर वृद्धि

radionepal

 काठमाडौँ । दशैँअघिको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक १६ सय विन्दुमाथि पुगेर बन्द भएको छ । यस साताको दोस्रो कारोबार दिन सोमवारदेखि उकालो लागेको नेप्सेले बिहिवार वृद्धि गतिलाई निरन्तरता दिएको हो ।

बिहीबार नेप्से परिसूचक ८.५४ अंक बढेर १६०६.२५ विन्दुमा पुगेको छ । यस दिन नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । यस दिन १८७ कम्पनीहरुका ३० हजार ३२८ पटकको कारोबारमा १ अर्ब ९९ करोड ४५ लाख ४३ हजार रुपैयाँ बराबरका ६४ लाख ५७ हजार कित्ता शेयरहरुको किनबेच भएको छ । 

लगानीकर्ताहरु दशैँ खर्च जोहो गर्नका लागि शेयर बिक्री गर्नतर्फ लाग्दा बजारमा करेक्सन भएकाले यस साताको सोमबारदेखि बजारले पुनः बुलिश लय समातेको छ । कम्पनीहरुले घोषणा गरेको आकर्षक लाभांशका कारण पनि बजार उकालो लाग्न टेवा पुगेको एक लगानीकर्ताले बताएका छन् ।