पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बाणिज्य बैकहरुले आ–आफ्ना शेयर धनीहरुका लागि लाभांस घोषणा

radionepal

काठमाडौँ । दशै नजिकिए संगै देशका विभिन्न बाणिज्य बैकहरुले आ–आफ्ना शेयर धनीहरुका लागि लाभांस घोषणा गरेका छन् ।

२७ वटा वाणिज्य बैंकहरू मध्ये दशैँ अघि ६ वटाले मात्र लाभांश घोषणा गरेका छन् भने २१ वटा बैंकहरूले लाभांश घोषणा गर्न बाँकी छ ।

लाभांश घोषणा गरेका बैंकहरूले पनि बढ्दो कोरोना संक्रमणका कारण साधारणासभा गर्न नसकेको जनाएका छन् ।

दशै विदाअघि सम्म माच्छापुछ्रे बैंक, बैंक अफ काठमाण्डू, कुमारी बैंक, एनआइसी एशिया बैंक, सानिमा बेैक र सिटिजन्स् बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।

माच्छापुछ्रे बैंकले ७.०३ प्रतिशत बोनस र ३.३७ प्रतिशत नगद गरी कुल १०.४० प्रतिशत लाभाश वितरण गर्ने घोषणा गरेको छ भने बैंक अफ काठमाण्डूले १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

त्यसै गरी एनआइसी एशिया बैंकले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद गरी कुल २० प्रतिशत, कुमारी बेंकले १० प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत र सिटजन्स बैंकले ७.७ प्रतिशत बोनस र ३.३ प्रतिशत नगद गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।