पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बाँकेमा  ३१ जनाको प्लाज्मा थेरापी उपचार, ५८ प्रतिशतमा सफल

radionepal

गुरमुरत यादव, बाँके। पछिल्लो समयमा बाँकेमा कोरोना संक्रमणको दर दिनानुदिन बढ्दै गएको छ । कोरोना संक्रमणसङ्गै मृत्यु हुनेको संख्या पनि बढेको देखिन्छ । अस्पतालहरुले बिरामीको प्रकृति अनुसार कोरोनाका बिरामीहरुलाई अक्सिजन थेरापी, एन्टिबायोटिक्स, सिप्याप, रेम्डिसिभर, भेन्टिलेटर तथा प्लाज्मा थेरापी लगायतका बिधिबाट उपचार गर्दै आएका छन ।
    
बाँकेमा हालसम्म ३१ जना कोरोनाका जटिल बिरामीलाई प्लाज्मा थेरापी दिइएको जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उक्त बिधिबाट गरिएको उपचारबाट १८ जना संक्रमितहरु उपचार पश्चात् निको भएका छन भने १३ जनाको मृत्यु भएको श्रेष्ठले बताउनुभयो ।
    
पछिल्लो समयमा कोरोना संक्रमितका जटिल बिरामीहरुलाई प्लाज्मा थेरापी बिधिबाट गरिएको उपचारमा बाँकेमा ५८ प्रतिशत सफल भएको देखिन्छ ।