पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

तनहुँमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

radionepal

किरण श्रेष्ठ, तनहुँ । तनहुँका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास–१ का ६८ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

कार्तिक ५ गते बुधबार साँझ ६ः३० बजे गण्डकी मेडिकल कलेज पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।

योसंगै तनहुँमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । त्यस्तै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।