पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कैलालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु

टीकापुर कैलाली । कैलालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । लम्की–चुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरकी ३५ वर्षीया भागरथी रेग्मीको बसको ठक्करबाट मृत्यु भएको हो ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ चमेलीपुरमा सुप ००१ ख २३०९ नम्बर मोटरसाईकमा सवार रेग्मीलाई सोही दिशातर्फ गइरहेको से १ प ९५७ नम्बरको बसले हिजो साँझ साढे ६ बजेतिर ठक्कर दिएको थियो।

मोटरसाइकलका चालक लम्किचुहा नगरपालिका वडा नम्बर ९ प्रतापुरका राम बहादुर चौधरी घाइते भएका र उनको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बसका चालक ३६ वर्षीय खकेन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिनु भयो । रेग्मी नेपाली काँग्रेसकी कैलाली क्षेत्र नम्बर २ की क्षेत्रीय कोषाध्यक्ष समेत हुन्।