पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सांसद श्रीवास्तवको संसदीय विकास कोषको रकम बाँडफाँड

radionepal

ध्रुव अधिकारी, वीरगञ्ज । स्थानिय विकास साझेदारी कार्यक्रम अन्तरगत आज जिल्ला समन्वय समिति पर्सामा सम्पन्न वैठकले पर्सा क्षेत्र नम्बर २ का सांसद विमल श्रीवास्तवको संसदीय विकास कोषको ४ करोड रकमको बाँडफाँड गरेको छ । 

बैठकले २ करोडको लागतमा नारायणी अस्पतालमा आधुनिक अक्सिजन प्लान्टको निर्माण गर्ने, १ करोड लागतमा वीरगञ्जको रानीघाट स्थित समसानघाटमा विद्युतीय शवदाह गृह निर्माण गर्ने निर्णय गरेको छ । 

त्यसैगरी बैठकले बाँकी रहेको १ करोडबाट क्षेत्र नम्बर २ अन्तरगत पर्ने पर्सागढी नगरपालिकाको वडा नम्बर ९ स्थित नेरामावि बडेरवाको भवन निर्माणका लागि ३० लाख, पर्सागढीकै झवराहाको कृष्ण मन्दिर पुर्ननिर्माणका लागि २० लाख, पर्सागढी नगरपालिकाको वडा नम्बर ५ को इदगाहका लागि १५ लाख र निर्वाचन क्षेत्र अन्तरगत पर्ने विभिन्न स्थानमा खानेपानीका लागि धारा निर्माण गर्न २५ लाख  र पर्सागढीको झवराहाको पारस चोकमा रहेको रामजानकी मन्दिरको पुर्ननिर्माणका लागि २० लाख विनियोजन गरेको सांसद श्रीवास्तवको सचिवालयले जनाएको छ ।

बैठकमा सांसद श्रीवास्तवसहित जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्मद, वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी, जसपाका अध्यक्ष रामनरेश यादव लगायतको उपस्थिति रहेको थियो ।