पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कोरोना संक्रमणका कारण कलाकार उपाध्यायको निधन

radionepal

ध्रुव अधिकारी, वीरगञ्ज । वीरगञ्जमा उपचारको क्रममा आज विहान कोरोना संक्रमणबाट पर्सा जिल्ला जगरनाथपुर गाउँपालिका भिखपुर निवासी ५५ बर्षिय श्रीराम उपाध्यायको मृत्यु भएको छ । 

एक साता अघि कोरोना संक्रमण पुष्टि भएपछि उच्च ज्वरो तथा स्वासप्रश्वासको कारण स्वास्थ्यमा समस्या भएपछि थप उपचारका लागि नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको अस्थायी कोभिड होटल बाबा इन्टरनेशनमा भर्ना गरिएकोमा उपचारकै क्रममा उपाध्यायको आज विहान ७ बजे मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले बताउनु भयो ।

स्वासप्रश्वास उच्चरक्तचाप र मुटुमा समस्या देखिएसँगै अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भई रहेको अवस्थामा आज विहान मृत्यु भएको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको अस्थायी कोभिड होटल बाबा इन्टरनेशनलका प्रमुख डा. असरफ हुसैनले जानकारी दिनुभयो । 

उपाध्याय नेपाली तथा भोजपुरी टेलिफिल्मका कलाकार एवं नेपाल सांस्कृतिक संघ पर्सा जिल्लाका उपाध्यक्ष तथा समेत रहनु भएको ठाकुर राम बहुमुखी क्याम्पसका प्राध्यापक रोशन लामिछानेले जानकारी दिनुभयो ।