पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कंचनपुर पूर्व गाविस उपाध्यक्ष गुप्ताको निधन 

radionepal

उत्सव आचार्य, सप्तरी । सप्तरीको कंचनपुर गाविसका पूर्व उपाध्यक्ष रामभरोसी प्रसाद गुप्ताको निधन भएको छ ।

सप्तरी जिल्ला क्षेत्र नम्बर १ बाट नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा कंचनपुर रौनियार समितिका अध्यक्ष समेत रहेका गुप्ताको ६५ वर्षको उमेरमा बिराटनगर स्थित विराट नसिंह होममा उपचारका क्रममा गए राती ११ बजे निधन भएको हो ।

गुप्ता डायभिटिज, मुटु, निमोनिया र किड्नी सम्बन्धि रोगको उपचार गराउँदै आउनु भएको थियो । गुप्ता २०३६ सालदेखि नेपाली काँग्रेसमा क्रियाशील भई आफ्नो राजनैतिक यात्रालाई अगाडि बढाई संगठनलाई मजबुद बनाउँदै उपाध्यक्ष समेत बन्न सफल हुनुभएका लोकप्रिय नेताको रुपमा परिचित हुनुहुन्थ्यो ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति सप्तरीका सचिव रामकुमार यादव र नेपाली काँग्रेसका क्षेत्रिय सभापति ललन प्रसाद गुप्ताले शोक बक्तव्य जारी गर्दै गुप्ता इमान्दार ,कर्मठ अनुशासित भई राजनीतिमा प्रजातन्त्र र लोकतन्त्रको आन्दोलनमा निष्ठावान पूर्वक सक्रिय भई काम गरिरहेको अवस्थामा उहाँको अचानक निधन भएको खबरले नेपाली काँग्रेसलाई ठुलो क्षति भएको बताउनु भयो ।