पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाली कराँते टोलीको प्रशिक्षण रोकियो

काठमाडौं । जापानको टोकियोमा अर्को वर्ष आयोजना हुने टोकियो ओलम्पिकको छनोटको तयारीमा रहेको नेपाली कराते टोलीको प्रशिक्षण मंगलबारबाट केही दिनका लागि रोकिएको छ । 

दशैका कारण खेलाडीलाई केही दिन बिदा दिएको प्रशिक्षक दिपक श्रेष्ठले बताउनुभयो ।

अब दशैका चाँड सकिएपछि फेरी प्रशिक्षण सुरु गर्ने योजना रहेको श्रेष्ठले जानकारी दिानुभयो । कोरोना भाइरका कारण बिचमा रोकिएको प्रशिक्षण दोस्रो पटक सुरक्षित विधि अपनाएर असोज ६ गते बाट प्रशिक्षण सुरु गरिएको थियो ।