पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘महामारी विरुद्धको लडाँइमा सरकार र जनताबीचको सम्बन्ध बलियोे बनाउनुपर्छ’ 

radionepal

बालिका मादेन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना महामारी विरुद्धको लडाँइमा सरकार र जनतावीचको सम्बन्ध बलियोे बनाउनुपर्ने बताउनुभएको छ । 

स्वास्थ्य मन्त्री ढकालले मन्त्रालयकोे नियमित प्रेस व्रिफिङमा आफ्ना सन्देश राख्नुहुदै कोरोना संक्रमणको जटिल परिस्थितिको सामना गर्न सरकार र जनतावीच बलियो र विस्वासिलो सम्वन्ध स्थापित गर्न जरुरी रहेको बताउनुभयो । 

मन्त्री ढकालले कोरोना संक्रमणको जोखिम नियन्त्रण तथा रोकथामका लागि सवै तहका सरकार, राजनैतिक दल, समूदाय, नागरिक समाज, नीजि क्षेत्रबाट सहयोग समन्वयको खाँचो औल्याउनुभयो । 

यस्तै कोरोना संक्रमणको रोकथाम तथा न्युनिकरणका लागि सञ्चार क्षेत्रले प्रवावकारी योगदान पुर्याएको भन्नुहुदै मन्त्री ढकालले आगामि दिनमा समेत सघन सहयोगको आवश्यकता रहेको बताउनुभयो । 

यस्तै सरकारले सम्पुर्ण नागरिकको जीवन रक्षका लागि अक्सिजन, अवाश्यक औषधी तथा उपकरणहरुको अभाव हुन नदिन ठोस योजनासहित प्रभावकारी व्यवस्था मिलाएको बताउनुभएको छ । 

मन्त्री ढकालले कोरोना संक्रमणका गम्भीर बिरामीहरुको उपचारलाई सहज बनाउन अक्सिजन र मनिटर सहितको ३ हजार ५ सय हाई डिपेन्डेन्सी युनिट थप गर्ने काम तिव्र गतिमा अघि बढाईएको जानकारी गराउनुभयो ।

यस्तै सबै तहमा स्वास्थ्य सेवा उपलब्धताका लागि अस्पताल नभएका ६ सय ४९ स्थानीय तह, जिल्ला र प्रदेश स्तरीय अस्पताल स्तर उन्नती गरी ६ हजार २ सय २ वेड थप गर्ने कार्य अघि बढेको जानकारी दिनुभयो ।