पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मोवाईल लुटपाट गर्ने २ जना व्यक्ति पक्राउ

radionepal

काठमाडौँ । विभिन्न समयमा काठमाडौँको विभिन्न स्थानमा स्कुटी प्रयोग गरी जरुरी फोन गर्नु छ भनि मोवाईल लुटी फरार हुने दुई व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । प्राय जसो एकान्त स्थान पारी महिलाहरुसंग फोन मागी प्रयोग गर्न लागेको जस्तो गरी मोवाईल लुटी फरार भएको भनि पीडितहरुले मेट्रो कन्ट्रोल तथा सम्वन्धीत नजिकको प्रहरी कार्यालयमा उजुरी दिए पछि सो व्यक्तीहरु पक्राउ परेका हुन । पक्राउ पर्नेहरुमा काठमाडौँ स्वयम्भु घर भई रानिवारी कोठा लिई बस्ने ३४ बर्षीय इम्तियान उद्दिन र काठमाडौँ स्वयम्भु विजेश्वरीका ३४ बर्षीय सुलभ श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

सोमबार विहान प्रहरीले वालुवाटरमा शंकित व्यक्ति स्कुटर सहित देखेपछि उनीहरुको पछुवा गर्दा स्कुटर छोडी फरार भएका थिए र खोजतलासको क्रममा खुशिवुँ नयाँ वजारमा नियन्त्रण लिई कानूनी प्रकृया अगाडी वढाईएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट तीन थान मोवाइल सेट र १ थान स्कुटर समेत वरामद गरिएको प्रहरीले जनाएको छ ।