पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बुटवलमा संक्रमित महिलाको मृत्यु

रूपन्देही । रुपन्देहीको बुटवलस्थित कोरोना बिशेष अस्थायी अस्पतालमा उपचाररत थप एक जनाको मृत्यु भएको छ ।
उपमहानगरपालिका ११ की ४१ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

हिजो कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भई आईसीयू राखेर उपचार भइरहेकामा आज विहान ५–१० बजे ती महिलाको मृत्यु भएको अस्पतालका कोरोना फोकलपर्सन डा.सुदर्शन थापाले जानकारी दिनुभयो । उहाँलाई सुगर रोग रहेको थापाले जानकारी दिनुभयो ।