पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बाढी पहिरो पीडितलाई युके समाज लमजुङद्धारा २५ लाख सहयोग

सरोज विश्वकर्मा, लमजुङ । लमजुङ युके समाजले उत्तरी लमजुङको मर्स्र्याङ्दी गाउँपालिका ३ तरापु पल्लोटारीका बाढी पहिरो प्रभावितलाई आर्थिक सहयोग गरेको छ । 

लमजुङ घर भई युकेमा वसोवास गरेकाहरुद्धारा गठित लमजुङ युके समाजले अविरल वर्षासँगैको पहिरोले विस्थापित भएका पल्लोटारीका स्थानियलाई २५ लाख ९० रुपैया २८ पैसा राहत स्वरुप आर्थिक सहयोग गरेको हो । 

आईतबार संविधान सभा सदस्य जमिन्द्रमान घलेको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी सो रकम हस्तान्तरण भएको हो । लमजुङ युके समाजका प्रतिनिधि मोचित्र गुरुङद्धारा मर्स्र्याङ्दी गाउँपालिका ३ का वडा अध्यक्ष एवं पल्लोटारी विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रेम वस्नेतलाई चेक हस्तान्तरण गर्नुभएको हो । 

चेक रकम ग्रहण गर्दै वडा अध्यक्ष बस्नेतले पल्लोटारीका वाढि पहिरो प्रभावितहरुले राजनीतिक दल, विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका बताए । उहाँले लमजुङ युके समाजले पहिरो प्रभावितका लागी हालसम्मकै सबैभन्दा धरै आर्थिक सहयोग गरेको बताउदै धन्यावाद दिनुभएको थियो । 

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बाढी पहिरो प्रभावितहरुको स्थायी घर निर्माणका लागि आन्तरिक तयारी भईरहेको र यही वर्षभित्र स्थायी घर निर्माण गरिने प्रतिवद्धता व्यक्त गरे ।