पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कोलकत्ता नाइट राइडर्सका स्पिनर नरायनलाई बलिङ एक्सनमा सफाइ

काठमाडौं । आइपीएल टिम कोलकत्ता नाइट राइडर्सका स्पिनर सुनिल नरायनले बलिङ एक्सनमा सफाई पाएका छन ।

आइपीएलका बेला उनको बलिङ शंकास्पद रहेको भन्दै अनुसन्धान गरिएको थियो । जसमा बलिङ एक्सन कमिटीले आइतबार विज्ञप्ती जारी गर्दै उनको बलिङ एक्सन शंकास्पद नरहेको भन्दै सफाई दिएको छ ।

कमिटीले उनलाई शंकास्पद एक्सनको बलरको सुचीबाट हटाएको छ । साथै उनले अर्काे खेलमा बलिङ गर्न पाउने भएका छन ।

अक्टोवर १० तारिखमा पञ्जाबविरुद्धको खेलमा नरायनको बलिङ एक्सन खराब रहेको भन्दै कारवाहीको लागि रिपोर्ट परेको थियो । सो खेल नाइट राइडर्सले दुई रनले जित्दा उनले डेथ ओभरमा सानदार बलिङ गरेका थिए ।