पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भेरी नदीमा डुबेर बालकको मृत्यु 

दीपक शर्मा, सल्यान । सल्यानमा भेरी नदीमा डुबेर बालकको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका २ राइराका १० वर्षीय बालक मनोज विष्टको भेरी नदीमा डुबेर मृत्यु भएको हो । 

शनिबार बिहान घरबाट बाख्रा चराउन भेरी किनारतिर गएका उनी पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । 

बेपत्ता भएका उनको खोजी गर्ने क्रममा मृत फेला परेको बालकका बुवा हरिभान विष्टले जानकारी दिनुभयो ।