पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उपत्यकामा थप एक हजार सात सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि

radionepal

सम्झना गौतम
काठमाडौं ।
उपत्यकामा आज थप एक हजार सात सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप एक हजार सात सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरुमा काठमाडौँमा, एक हजार चार सय ५१ जना, ललितपुरमा एक सय ५२ जना, र भक्तपुरमा एक सय ४३ जना गरी आज उपत्यकामा थप  एक हजार सात सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी आज देशभर तीन हजार एक सय ६७ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या एक लाख २९ हजार तीन सय चार पुगेको छ ।

त्यस्तै आज देशभर आज एक हजार आठ सय जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुुल सङ्ख्या ८९ हजार आठ सय४० जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा.गौतमले जानकारी दिनुभयो ।