पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सप्तरीमा सात जना कोरोना संक्रमित थपिए

कृष्ण मण्डल, सप्तरी । बडा दशे शुरु भएकै दिन राजविराज नगरपालिकाको छ जना र रुपनी गाँउपालिकाको एक जना पुरुष गरी सात जना कोरोना संक्रमित थपिएका हुन ।

संक्रमित हुनेहरुमा राजविराज नगरपालिका वडा नम्वर १ का ४५ वर्षीय पुरुष, वडा नम्बर ६ का ३९ वर्षीय र ६० वर्षीय पुरुष, वडा नम्वर ७ का १४ वर्षीय पुरुष, वडा नम्वर ८ का ५५ वर्षीय पुरुष, वडा नम्वर १५ का एक पुरुष र रुपनि गाउँपालिका वडा नम्बर ६ का ३१ वर्षीय एक पुरुष गरी सात जना कोरोना संक्रमित भएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन ।