पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आइतबारदेखि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको सेवा फेरि बन्द हुने

देवराज सुवेदी, सिन्धुपाल्चोक । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आइतबारदेखि जिल्ला प्रशासन कार्यालयको सेवा फेरि बन्द हुने भएको छ ।

शुक्रबार एक सूचना जारी गर्दै जिल्ला प्रशासनले सूरक्षा र अत्यावश्यक काम बाहेक अन्य नियमित सेवा बन्द गर्ने जनाएको छ ।

कर्मचारीमा कोरोना संक्रमण देखिएको र अन्य कर्मचारीहरुमा समेत लक्षण देखिन थालेपछि उनीहरु क्वारेन्टाईन बस्नु परेकोले सेवा बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।