पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विद्युत वितरण केन्द्र विराटनगरका ३० कर्मचारीमा कोरोना पोजेटिभ

radionepal

अशिष कुमार यादव, सुनसरी । नेपाल विद्युत प्रधिकारण विराटनगर वितरण केन्द्रका ३० जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछि शुक्रबारदेखि अति आवश्यक काम बाहेका सेवा बन्द गरिएको छ ।

विद्युत प्राधिकण विराटनगर केन्द्रका प्रमुख राजीव सिंहका अनुसार अहिलेलाई महशुल अनलाइनबाट मात्रै बुझाउन सकिने छ ।

प्रशासन र प्राविधिक दुबैतर्फका कर्मचारीहरूमा कोरोना देखिएपछि फ्यूजबाहेक अन्य सेवा बन्द गरिएको सिंहले बताउनुभयो ।

बुधबार ५० जना कर्मचारीको पिसिआर परीक्षण गर्दा ३० जनामा कोरोना पोजेटिभ आएको प्राधिकरण केन्द्रले जनाएको छ ।

शाखा प्रमुख सिंहका अनुसार, महशुल काउण्टरमा बस्ने सबैजसो कर्मचारी संक्रमित भएका लेखा, स्टोर, प्रशासन र प्राविधिकतर्फका कर्मचारीमा कोरोना संक्रमण भएको हो ।

नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले सार्वजनिक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि कार्यालय सिल गरिएको जनाएको छ ।