पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

शितगंगा नगरपालीकाद्वारा उत्पादनका आधारमा अनुदान वितरण

radionepal

नेत्र मरासिनी, अर्घाखाँची । शितगंगा नगरपालीकाले उत्पादनका आधारमा अनुदान वितरण कार्य सञ्चालन गरेको छ । गत आर्थिक बर्ष ०७६–७७ मा नगरपालीका भित्र उत्पादन गरी सहकारी मार्फत बजारीकरण गरेका खसि बोका, लोकल कुखुरा तथा तरकारी कृषकहरुलाई अनुदान वितरण गरिएको हो ।

नगरपालीकामा रहेका नौ वटा कृषि सहकारी मार्फत बजारीकण गरेका किसानलाइ खसिबोका तथा लोकल कुखुरामा प्रति केजी रु.५० का दरले र तरकारी तथा फलफूलमा प्रति रोपनी पाँच हजारका दरले अनुदान वितरण गरिएको छ । जस अनुसार वडा नं २ को शितगंगा कृषि सहकारी मार्फत ३० किसानलाइ रु ३ लाख ४२ हजार एक सय, वडा नं ३ को आधारशिला कृषि सहकारीमा १४० कृषकलाइ १४ लाख ३३ हजार आठ सय र वार्ड नं. ८ को जलुके कृषि सहकारी मार्फत ४० कृषकहरु लाई ४ लाख ३५ हजार छ सय रकम वितरण गरिएको हो ।

शितगंगा नगरपालीकाले गत आर्थिक वर्षमा ७३ लाख रकम उत्पादनका आधारमा अनुदान वितरणका लागी कृषि सहकारीलाइ भुक्तानी गरीसकेको, कोरोना महामारीका कारण समयमै वितरण गर्न नसकिएकोले आजबाट वितरण सूरु गरिएको नगरप्रमुख सुर्य प्रसाद अधिकारीले जानकारी दिनुभयो ।