पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वीपि स्वास्थ्य प्रतिष्ठानको निरीक्षण 

radionepal

अशिष कुमार यादव, सुनसरी । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बिहीबार धरानस्थित वीपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण तथा अनुगमन गर्नुभएको छ । 

मन्त्री घिमिरेले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा प्रवाह गरेको सेवा, चिकित्सकको उपस्थिती र व्यवस्थापन लगायतको विषयमा निरीक्षण तथा अनुगमन गर्नुभएको हो ।

मन्त्री घिमिरेले अस्पतालमा प्रवाह गरेको सेवालाई थप प्रभावकारी बनाउन अस्पतालका भिसि, रजिष्टार र कर्मचारी चिकित्सक समेतलाई सरोकारबालाहरुसंग समन्वय गरी काम गर्न आग्रह गर्नुभयो । 

उहाँले देशका सबै नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्ने मौलिक हकमा नै व्यवस्था भएकाले सोही अनुसार गर्न चिकित्सकहरुलाई आग्रह गर्नुभयो । वहाँले प्रदेश भरीकै केन्द्रको रुपमा रहेको कोभिड १९ अस्पताल र प्रतिष्ठानको काम कार्वाही तथा सेवामा प्रभावकारीता दिनुपर्नेमा जोड दिनुभयो । 

मन्त्रीसगैं सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले समेत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र चिकित्सा सेवालाई सर्वसुलभ बनाउन आग्रह गर्नुभयो ।