पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

लुम्बिनी प्रदेशभरबाट थप ३११ जना कोरोना संक्रमित निको

रामप्रसाद आचार्य, रुपन्देही । पछिल्लो २४ घण्टामा लुम्बिनी प्रदेशभरबाट थप ३ सय ११ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन ।

सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म प्रदेशका १० हजार ६ सय ५१ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किनुभएको हो । कोरोना संक्रमणबाट अहिलेसम्म १ सय १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रदेशभर हाल ३ हजार ३ सय ९४ जना कोरोना संक्रमित उपचाररत रहेको मन्त्रालयका सूचना अधिकारी डा.पुष्पराज पौडेलले जानकारी दिनुभएको छ । पौडेलका अनुसार बिहीबार रुपन्देहीका १ सय २९ सहित लुम्बिनी प्रदेशमा थप २ सय ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै लुम्बिनी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ४ सय ५४ पुगेको छ ।