पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

हाइब्रिड बीउ विक्री गरेर लाखौं आम्दानी गर्दै किसानहरु

दैलेख । दैलेखको दुल्लु क्षेत्रका किसानले हाइब्रिड बीउ उत्पादन तथा बिक्री गरेर वर्षेनी लाखौं आम्दानी गरिरहेका छन् । 

दुल्लु नगरपालिका वडा नं. १३ का किसान विष्णुबहादुर शाहीसहित ८० जना कृषकको समूहले बीउ उत्पादन र बिक्री वितरणबाट वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्न सफल भएका हुन् ।

सहकारीमा आबद्ध ८० जना किसानले गत वर्ष टमाटर, प्याज, सिमी, मुला, चम्सुरलगायत बीउ उत्पादन गरेर विक्री गरेका र एक किसानले न्यूनतम ५ लाखसम्म आम्दानी गर्न सफल भएका कृषि ज्ञान केन्द्र दैलेखले जनाएको छ ।